नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएकामा आज दुई सय रुपैयाँले घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ । आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार १२० रुपैयाँ कायम भएको छ। हिजो बुधबार एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो ।