एजेन्सी : इटालियन सिरी 'ए' फुटबलमा शिर्ष स्थानको इन्टर मिलानले कठिन जित निकालेको छ ।
सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५४ औं मिनेटमा स्क्रीनियरले निर्णायक गोल गरेका थिए ।
उक्त जितसँगै इन्टरले उपाधि होड थप बलियो बनाएको छ ।इन्टर दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।
इन्टरले २६ खेलमा ६२ अंक जोडेको छ । यता पराजित टोली पाँचौं स्थानमा रहेको छ । उसको २६ खेलमा ४९ अंक रहेको छ ।