असोज १४, २०७८ बिहिबार

  तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । 

तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

तालिबानले कब्जा जमाउनु अघिसम्म भारतले अफगानिस्तानमा उडान भर्दै आएको थियो । भारतले गएको अगष्ट १५ देखि सबै उडान बन्द गरेको हो । 

‍तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि भारत लगायत थुप्रै देशले उडान भर्न बन्द गरेका थिए ।

पाकिस्तानले भने इस्लामाबाद-काबुल उडानलाई केही दिनदेखि फेरि सञ्चालनमा ल्याएको छ ।