असोज १४, २०७८ बिहिबार

नेपाल स्वयंसेवक संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पाैडेलले असल समाजसेवी कसरी हुन्छन् भनी सबैमाझ उदाहरणीय बन्नुभएकाे छ।

बाणगंगा नगरपालिका वडा नं ८ चप्परगाउँँ कपिलवस्तुकी अनिता वि.क. २ महिनाकी सुत‌्केरी हुँदा काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनी घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia) मा (Myasthenic crisis) रोगको उपचार गराइ रहेको जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दै मन्त्री, दर्जनौं समाजसेवी, जनप्रतिनिधि, पत्रकार, देश- विदेश सबैसँग समन्वय गरेर वहाँ बचाउन लाग्नुभएको छ।

यस्तै समाजमा दु:खी, समस्या परेकालाई ७७ जिल्लामा संस्थाको विपत व्यवस्थापन उपसमिति पनि छिट्टै बन्ने र प्रत्येक जिल्लामा सहयोगमा समन्वय गर्नेछ। संघका संस्थापक भन्नुहुन्छ- समाज र राष्ट्रसेवालाई समाजसेवाकाे शिखर मान्छ र अब नेपालको एउटै मात्र विकल्प यही त हो। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ यसका २० विभागीय संगठन यसको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६-५-१४ र विधिवत रूपमा दर्ता २०७७-४-२१ काठमाडौंमा भएको हाे। " नमस्ते परब्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः" विस्तारको क्रममा रहेको छ ।

संस्थाको विभिन्न याेजनामध्ये कृषिक्षेत्रमा ७ वटै प्रदेशमा प्रारम्भिक चरणमा छ र अध्ययनहेतु कृषिमन्त्रालयकाे सहजीकरणमा भैरहेको छ।

राष्ट्रिय अध्ययन अनुसन्धान मेचीमहाकाली जागरण अभियानका क्रममा संस्थाले गर्नुपर्ने कार्यहरूलाई यसरी समेटिएको छ

1. सुकुम्वासी र सडक मानिसको व्यवस्थापन, घर बनाइदिने र खेती गर्न दिने वा विस्तारै कर तिरेर आफ्नो बनाउने।

2. सडक बालकको शिक्षा र आवासको व्यवस्था ।

3. भौतिक निर्माण, नगर महानगरमा प्रत्येक वडामा प्रोग्राम हल, पुस्तकालय।

4. देशकाे सीमा निर्धारण गर्ने काम।

5. मानवस्रोत परिचालनमा युवाहरूलाई तालिम, कैदीहरूलाई काम, युवालाई विकासका लागी आर्मी बनाइ विकासमा लगाउने।

6. कर प्रणालीमा सुधार।

7. उद्योगको विस्तार।

8. व्यापक बृक्षारोपण फलफूल र काठका लागि।

9. फोहरको प्रयोग गरी विजूली ग्यास मल बनाउने र वातावरणीय सरसफाइ।

10. विदेशमा रहेका सक्षम र विविध विशेषज्ञहरूसँँगको समन्वय।

11. सुरक्षामा नयाँ प्रविधिको प्रयोग ।