फागुन २५, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : इटालियन फुटबल क्लब युभेन्टसले आफ्नो टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सामाजिक सञ्जालमा मार्फत क्षमताको तारिफ गर्दै एक सन्देश लेखेको थियो छ ।

आज (मंगलबार) राति युभेन्टसले युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आफ्नो घरेलु मैदानमा पोर्चुगिच क्लब एफसी पोर्टोको समाना गर्दैछ ।

पहिलो लेग २-१ गोलले गुमाएको युभेन्टसलाई क्वाटरफाइनल प्रवेशको लागि आज रातिको खेल स्पष्ट जितको आवश्यकता रहेको छ । यसै सन्दर्भमा रहेर युभेन्टसले यस्तो ट्विट गरेको हो । युभेन्टसले ट्विटरमा लेखेको छ, `हामीलाई थाहा छ तिमीले यो गर्न सक्छौ । तिमीले यो गरिसकेका छौ । अब तिमीले फेरि पनि गर्न सक्छौ ।´https://twitter.com/juventusfc/status/1368566358406029312?s=19

युईएफए च्याम्पियन्स लिग फुटबलको सार्वधिक सफल खेलाडी रोनाल्डोले हाल सम्म यो प्रतियोगिताको उपाधि ५ पटक जिति सकेका छन् । त्यस्तै उनी च्याम्पियन्स लिगका सर्वाधिक गोल कर्ता १३५ र सर्वाधिक अस्सिट कर्ता ४१ पनि हुन । यति मात्रै हैन रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक १०८ खेल जित्ने खेलाडी जस्ता धेरै कीर्तिमान रोनाल्डोको नाममा छ । 

रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस पुगेका थिए । उनी क्लबमा भित्रिएकै वर्ष युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिने खतरामा थियो । उक्त सिजन रोनाल्डोको चिरप्रतिद्वन्दी क्लब एथलेटिको मड्रिडसँग युभेन्टस पहिलो लेगमा २-० गोल अन्तरले पराजित भएसँगै धेरैले युभेन्टस बाहिरिने लगभग पक्का भएको तर्क राखेका थिए ।

तर दोस्रो लेगमा रोनाल्डोले सानदार ह्याट्रिक गर्दै युभेन्टसलाई घरेलु मैदानमै ३-० गोलको जित दिलाए । समाग्रमा ३-२ गोलको जित दिलाउदै क्वाटरफाइनलको बाटो देखाएका थिए । हालपनि युभेन्टस त्यस्तै अवस्थामा रहेको छ । जसको लागि रोनाल्डोको जादु आवश्यक छ । रोनाल्डोलाई “बिग गेम प्लेयर” भनेरपनि चिनिन्छ । किनभने रोनाल्डोले महत्त्वपूर्ण खेलहरुमा सबैको अपेक्षा विपरीत टोलीलाई जित दिलाउन माहिर छन् । 

करिब नौ वर्षिय लामो रियल मड्रिडको बसाइँलाई बिट मार्दै इटालियन क्लब युभेन्टस आएका रोनाल्डो रियलको जर्सीमा चार पटक च्याम्पियन्स लिग जितेका छन् । त्यस्तै रोनाल्डोले युभेन्टसलाईपनि युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जिताउने लक्ष्य राख्दै क्लबमा भित्रिएका थिए । तर पछिल्लो दुई सिजनमा क्रमशः क्वाटर फाइनल र अन्तिम १६ बाट बाहिरिएको युभेन्टसले यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ ।