एजेन्सी - ब्राजिलका पेले कोलोन ट्यूमरको अपरेशनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ४ सेप्टेम्बरमा ८० वर्षीय पेलेको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा अपरेसन गरिएको थियो ।
‘घर फर्किन पाउँदा म निकै खुसी छु,’ पेलेले फेसबुकमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अस्पतालको बसाइ सहज बनाउने अल्बर्ट आइन्सटाइन अस्पतालका सम्पूर्ण टोलीलाई धन्यवाद दिन चाहन्छु । यति धेरै मायाका सन्देशले मेरो जीवनलाई पूर्ण बनाउने तपाईंहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु ।’