नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ । यसअघि त्यस्ता ग्राहकको डिमान्ड शुल्क प्रतिमहिना दुई सय २० रूपैयाँ थियो। अब प्रतिमहिना ३३० रूपैयाँ प्रस्ताव गरिएको छ।
विद्युत् नियमन आयोगले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक र व्यापारिक क्षेत्रको डिमान्ड शुल्क केही वृद्धि गरिएको बताए।