विष्णु केसीले प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि उमेरद्वारी दिने घोषणा गरेका छन् । ओखलढुंगा जिल्लाको हालको सुनकोशी गाँउपालिकामा जन्मेका केसी विगत सात वर्षदेखि अमेरिकाको क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आएका छन् । सानै उमेरदेखि समाजसेवाप्रति लगाव राख्ने केसी नेपाल प्रहरीको सेवाबाट अवकाश पाएपछि अमेरिका पुगेका हुन् । अहिले उनी सपरिवार अमेरिकामा बस्दै आएका छन् । केसीले सुनकोशी गाँउपालिकामा रहेको प्रवुद्ध माध्यामिक विद्यालयबाट एसएलसी उर्तिण गरेका हुन् । केसीले नेपाल प्रहरीको सेवामा रहेको अवस्थामा मन्दिर, धारा आफ्नै लगानीमा गाँउमा बनाएका थिए । कोरोनाको महामारीको समयमा सानफ्रान्सीकोमा आफैले प्रयोग गरेको गाडि समेत नेपालीहरुको सहयोगमा दिएका थिए । केसीले आफ्ना ८ बुँदे कार्ययोजना सहित उमेदवारी घोषणा गरेका छन् ।
केसीका प्रतिबद्धता ः
१. नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्नेछु ।
२. हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने छु ।
३. नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि गा‘स, बास र जागीरका लागि सहयोग गर्नेछु । जुन मैले आजसम्म गरि गराई आई रहेको छु ।
४. जेहेन्दार बिद्यार्थीका लागि छाात्रवृतिको व्यवस्थाका साथै अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग उपलब्ध गराउने छु ।
५. यहाँ भैपरी आउने सुख दुःख का सवै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउनेछु ।
६. विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने छु ।
७.क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो चाढो स्थापना गर्न जोड दिनेछु ।
८. स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्नेछु ।
म आफ्नो स्वतस्फुर्थ मनसायले समाजको सेवा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाजको सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । मलाई मतदान गरि बिजयी गराउनुहुन तमाम् क्यालिफोर्निया वासी सम्पुर्ण दाजुभाई दिदी–बहिनी तथा आमा,बुबा र आफन्तजनहरुमा हार्दिक विनम्र ’ अनुरोध गर्दछु ।
बिष्णु केसी(खत्री)अमेरिका