असोज १५, २०७८ शुक्रबार

फाइल तस्बिर

काठमाण्डाैँ - संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी छिन् । 

काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए ।

'धवलागिरि हिमालको चुचुरामा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्', उनले भने, 'धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।'