असोज १५, २०७८ शुक्रबार

संयुक्त राष्ट्रसंघको झण्डा

१५ असोज, काठमाडौं । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै संयुक्त राष्ट्रसंघका ७ जना कर्मचारीहरूलाई इथियोपियाले देश निकाला गरेको छ ।

त्यहाँको टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच गत वर्षको नोभेम्बरदेखि चर्किएको लडाइँका कारण उक्त क्षेत्रमा मानवीय सङ्कट देखिएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउन त्यहाँको सरकारले असहयोग गरेको राष्ट्रसंघका कर्मचारीहरूले आरोप लगाएलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरूलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

इथियोपियाको यस निर्णयप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आफू स्तब्ध बनेको बताएका छन् ।