असोज १६, २०७८ शनिबार

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले फिल्डमै पुगेर दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा पनि जनगणना गर्ने तयारी गरेको छ ।

विभागका तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछानेका अनुसार व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने तयारी गरेको छ ।

यसअघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको विभागको अनुमान छ ।

विभागले असोज १८ गतेभित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचीकरणकाे काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।