काठमाडौं । यसै असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय गरेपछि पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबैखाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन् । कोरोना सङ्क्रमण बढेसँगै अत्यावश्यकबाहेकका अन्य सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो ।
नाकामा प्रवेश खुला भएपछि नेपाल र भारत दुवै देशमा व्यवसायमा सहज हुने भन्दै व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।