असोज १६, २०७८ शनिबार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ ।

भैरहवा र काठमाडौंका कप्तान, अम्पायर, ईपीएल प्रमुखको छलफलपछि खेल स्थगित गर्ने निर्णय भएको हो । टियु मैदानमा बिहान सामान्य वर्षा भएपछि बिहान हुने भनिएको खेल स्थगित भएको छ ।