असोज १६, २०७८ शनिबार

सुर्खेत । अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कामहरूको भुक्तानी नपाउँदा कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरू आन्दोलित भएका छन् ।

दशैंको मुखमा पनि तलब पाउने अवस्था नदेखिएपछि आफूहरू आन्दोलित भएको कर्मचारीहरूले बताएका छन्।

कर्मचारीहरूले शनिबारदेखि काम ठप्प पारेका छन्। यसले कर्मचारी आन्दोलित हुँदा उपत्यकावासीलाई खानेपानीको समस्या हुनेछ। संस्थामा ५७ जना कर्मचारी कार्यरत छन् ।


 प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
 
प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई ज्ञापनपत्र बुझाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले भने, ‘आन्दोलनबाट उपभोक्ताहरूलाई पर्ने असुविधाप्रति क्षमा चाहन्छौैं।’

कर्मचारीहरूले पार्टीगत द्वन्द्वलाई संस्थामा घुसाएको आरोप लगाएका छन्। उनीहरूले पार्टीगत द्वन्द्वलाई लिएर खानेपानीको आपूर्ति बन्द हुने अवस्था आउन नदिन र कर्मचारीहरुलाई विताशर्त पारिश्रमिक पाउने वातावरण सिर्जना गरिदिन माग गरेका छन्।