नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रूपैयाँले घट्ने नेपाल फलामे छड उत्पादक संघले उल्लेख गरेको छ ।
सरकारले ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको समेत संघले स्वागत गरेको छ।
बजेट पछिका तीन हप्तामा अन्तररास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४/– घटाइ फलामे छड बिक्रीवितरण गर्नु संघले उद्योगीहरूलाई अनुरोध गरेको छ ।