काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताइएको छ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीती तयार गर्नका लागि छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले बताए। आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ।
माओवादी केन्द्रका रामबाहदुर थापा , टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाह ओली पक्षमा लागेका छन्। बैठकले उनीहरुलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ।