फागुन २५, २०७७ मंगलबार


काठमाडौं।
काठमाण्डौमा जारी मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३० ओभर एक बलमा अलआउट गरेको छ आर्म क्लबलाई ८७ रनमा नेपाल पुलिस क्लबले समेटेको छ । 

आर्मीका लागि लोकेश बलले सर्वाधिक ३२ रन बनाए। रोहित पौडेल र विक्रम शोबले क्रमशः १३ र १४ रन जोडे।

यता टस हारेर बलिङ गरेको पुलिसका सागर ढकालले दुई मेडन राख्दै पाँच विकेट लिए। त्यस्तै, अर्का बलर पवन सर्राफले तीन मेडन राख्दै तीन विकेट लिए। 
पुलिसका ललित राजवंशीले दुई विकेट लिए।