नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको र सेवा प्रदायकको लगानी डुब्ने भएकाले त्यसो नगर्न प्राधिकरणलाई पराजुलीले आग्रह गरे ।