एजेन्सी । गत शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गर्दै फ्रान्सले उत्तर कोरियाको मिसाइल प्रक्षेपण कार्यक्रमका बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएपछि उत्तर कोरियाले आलोचनाका बारेमा प्रतिक्रिया दिँदै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उसको निजी मामिलामा हस्तक्षेप नगर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई चेतावनी दिएको हो । उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न चाहेको पनि बताएको छ ।
अमेरिकाले उत्तर कोरियमाथि लगाएको प्रतिबन्धका कारण केही अप्ठेरो स्थिति उत्पन्न भएपछि दक्षिण कोरियासँग वार्ता गर्न चाहेको आँकलन गरिएको छ ।