असोज १८, २०७८ सोमबार

एजेन्सी । भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई सितापुरको हरगाउँबाट बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनरत छन् ।

सोही आन्दोलनका क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरूलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ ।