असोज १८, २०७८ सोमबार

अफ्रिकी मुलुक एरिट्रियाका १ सय २७ वर्षीय एक व्यक्तिको निधन भएको छ।  एरिट्रियाका नाताबे तिन्सीउको १ सय २७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।

उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन्। 

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ। उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएको र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजन गरिएको देखाउने बताएका छन्। यस हिसाबले उनको मृत्यु १२७ वर्षमा भएको हो।

उनको परिवारका अनुसार भने उनी सन् १८८४ मा जन्मिएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो।