असोज १८, २०७८ सोमबार

१८ असोज, काठमाडौं । माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलङ्कासँग नेपाली समयअनुसार राति ९:४५ बजे खेल्दै छ ।


यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलङ्काविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।

श्रीलङ्का भने उद्घाटन खेलमा बंगलादेशसँग १-० ले नै पराजित भएको थियो ।

नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलङ्काविरुद्ध खेल्नुपर्ने बताए । श्रीलङ्काविरुद्धको खेल पहिलो र फाइनल जस्तै हो । उनले आइतबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।