असोज १८, २०७८ सोमबार

काठमाडौं: माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज दोस्रो खेल श्रीलङ्कासँग खेल्दै छ। ​मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलङ्काबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

खेल्ने म्याचको ‘लाइभ’ हुने !

साफ च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने म्याचको नेपालमा पनि प्रत्यक्ष प्रसारण हुने सम्भावना बढेको छ। यसको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले दिएका हुन्। उनले फेसबुकमार्फत् नेपालले खेल्ने म्याचको प्रत्यक्ष प्रसारण हुने सम्भावना बढेको बताएका छन्।

‘लाइभ प्रसारणका लागि शुभ संकेत, कोसिस जारी छ,’ उनले लेखेका छन्। यसअघि एन्फाले खेलको प्रत्यक्ष प्रसारण नहुने बताएको थियो। उसले प्रसारण गर्न चाहनेका लागि ४० लाखको मूल्य तोकेको थियो।

सो मूल्यमा कुनै पनि प्रस्ताव नआएपछि एन्फाले खेल प्रसारण नहुने बताएको थियो। तर, खेल समर्थकले चर्को आलोचना गरेपछि एन्फाले निर्णय बदल्न बाध्य भएको बताइएको छ।