फागुन ३, २०७७ सोमबार

 

विगत लामो अवधिदेखि तेक्वान्दोमा आवद्ध हुदै आएका नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोबाट ५ औं डान प्राप्त प्रशिक्षक लक्ष्मण वहादुर ऐरले इजिप्टको कायरोमा १२ देखि १४ फेव्रुअरी २०२१ मा संचालन भएको “१०औं विश्व पारा तेक्वान्दो प्रशिक्षक प्रमाणपत्र कोर्श(लेभल १)” मा सहभागिता जनाई तोकिएको परीक्षा उत्तीर्ण गरी पारा अन्तर्राष्ट्रिय प्रशिक्षक प्रमाणपत्र प्राप्त गरेका छन्।

यो प्रमाणपत्र पाउने ऐर चौथो नेपाली प्रशिक्षक भएका छन ।  

सन् २००५ देखि नेपाल प्रहरीमा तेक्वान्दो प्रशिक्षकको रुपमा कार्य गर्दै आइ रहेका उनी प्रशिक्षणका अलावा पछिल्लो समय कोरोनाको महामारीका वेला उनले आफुलाई प्रशिक्षकमात्र नभई आफ्नो उमेर समुहको पुम्से विधामा नेपालको तर्फबाट सहभागीता  जनाउदै स्वर्ण पदक समेत दिलाउन सफल रहे। 

हालसम्म दर्जनौं अनलाईन प्रतियोगिताहरुमा आफु र आफ्नो टिम समेतलाई समेत सहभागिता जनाउदै देशको लागि दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु दिलाउन सफल उनी सफल भएकाछन् ।