साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारेबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यता तेजावी सुनको मूल्य आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज स्थिर रहेको छ । चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।