प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रालय बाँडफाँडमा आफूलाई पनि भाग मागेको समाचार बाहिरिएपछि बार एशाेसिएसनका पदाधिकारीले उनीसँग भेटघाट गरेका छन् ।
बारका पदाधिकारीले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै उनले मन्त्रालय बाँडफाँडमा आफूलाई भाग नमागेको बताएका छन् ।
बारका पदाधिकारीहरूले समाचार झुटो भए प्रधान्यायाधीशले खण्डन गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा प्रधान्यायाधीशले पनि खण्डन गर्ने बताएको बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रालय बाँडफाँड गर्दा गठबन्धनसँगै आफूलाई पनि भाग मागेको समाचार विभिन्न अनलाइनहरूले लेखेका छन् ।