असोज १८, २०७८ सोमबार

एजेन्सी । नेपालको कैलाली जिल्लापारि पर्ने भारतीय शहर तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा परी आठ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा किसानले आन्दोलन गरेका थिए ।

भारत सरकारले ल्याएको कृषि कानुनको खारेजीको माग गर्दैै भारतीय किसानहरू गतसातादेखि पुनः आन्दोलनमा उत्रिएका छन् । किसानको मागलाई भारतीय कांग्रेसले समर्थन गरेको छ ।