प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रालय भागबण्डा गर्दा आफूलाई पनि मन्त्रालयको भाग मागेेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपराह्न सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो ।
आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । अदालतको यसप्रति ध्यानाकर्षण भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
