२०७६ साल असार २ गते अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीको तल्लो कक्षमा छाडिँदै नेपाली स्याटसहित बर्डस-३ मिसनअन्तर्गत निर्मित स्याटेलाइट । तस्बिर : नासा अन्तरिक्ष यात्री निक हेगको फेसबुकबाट
काठमाडौँ — २०७६ साल असार २ गते अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छाडिएको नेपालको पहिलो स्याटेलाइट 'नेपाली स्याट-१' सोमबार खसेको छ । मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । उक्त नेपाली स्याट-१ अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए ।
नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए ।