असोज १९, २०७८ मंगलबार

अक्कुपेन्सी’ का कारण अहिले टिकट निकै महँगो भएको एयरलाइन्सहरूको भनाइ छ । दशैँको मुखैमा एयरलाइन्सको भाडा करीब शतप्रतिशत महँगो भएको छ ।

‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५/६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौँ ।’

अन्तरराष्ट्रिय बजारमा हवाइ इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने उनको धारणा थियो ।

तर, अन्तरराष्ट्रिय बजारमा भने हवाइ टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अष्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।

वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्छन्– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौँ, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’ नेपाल समाचार पत्रले लेखेको छ।