६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ३ जना डीएसपीसहित ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरेका छन् ।
कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका डिएसपीहरू समीरचन्द्र खरेल, राजकुमार केसी र डम्बरबहादुर केसीको परिवारलाई कदरपत्र हस्तान्तरण गरिएको छ ।
यसैगरी प्रहरी सहायक निरीक्षक (असई) देवीबहादुर पुरी, राजेश बिक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ । मृतक प्रहरीका धर्मपत्नीहरूले कदरपत्र लिएका छन् ।