नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सेप्टेम्बर महिनाका लागि बुधबार सार्वजनिक गरेको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्।
सन्दीपसँगै बङ्गलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् ।