बैशाख ३, २०८३ बिहिबार

काठमाडौँ, ३ वैशाखः प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दिनुभएको छ ।
 
    पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । नेता खड्काले यो महत्त्वपूर्ण जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    “सार्वजनिक लेखा समितिलाई प्रभावकारी, निष्पक्ष र जनमुखी बनाउँदै राज्यको स्रोतसाधनको सदुपयोग सुनिश्चित गर्न आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नेछु”, उहाँले भन्नुभयो ।