असोज २१, २०७८ बिहिबार

काठमाडौँ । धरान होलिडेज प्रालिले पाथीभराको दर्शन गर्न हेलिकप्टरमार्फत यात्रा गराउने भएको छ । घटस्थापनाको दिनदेखि प्रालिले हेल्किप्टरमार्फत् पाथीभरा देवीको दर्शन गर्ने प्याकेज सुरु गर्न लागेको हो।

धरान होलिडेजले पाथीभारा दर्शन हेलिमार्फत् गर्ने प्याकेज ल्याएको प्रालिका प्रबन्ध निर्देशक अमृत मानन्धरले बताए ।
प्रतिव्यक्ति ३२ हजार रुपैया तिरेर हेलिकप्टरमार्फत पाथीभरा दर्शन गर्न सकिनेछ । एक पटकमा ५ जना धार्मिक पर्यटकलाई पाथीभरा उडाइने प्रालिका अध्यक्ष कुन्दर श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा दशैंको अष्टमीका दिनसम्म हेलिमार्फत् पाथीभरा दर्शनको व्यवस्था हुनेछ। तर, धार्मिक पर्यटकहरू थपिएमा दशैंपछि पनि सञ्चालन हुनेछ।