एजेन्सी । जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरूले स्कुलमा फायरिङ गर्दा स्कुलका प्रिन्सिपल सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको छ । पछिल्ला ५ दिनमा काश्मिरमा ७ पटक व्यक्ति हत्या भइसकेको छ ।
यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरूले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरूले मेडिकल स्टोरमै घुसेर बिन्द्रूलाई गोली हानेका थिए । बुधबारमात्रै उनकी छोरी श्रद्धा बिन्द्रूले हिन्दू भएका कारण आफ्ना बुुवालाई गोली हानिएको एक भिडियामा बताएकी थिइन् । उनले आफूसँग बहस गर्नका लागि लडाकुहरूलाई चुनौती दिएकी थिइन् ।