तनहुँ, १० वैशाख : यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्नुहुँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान दिएको बताउनुभयो ।
व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा राजु पौडेलले अस्पताल भवन रु ९६ लाख ३८ हजारको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित हाल कूल रु दुई करोड ६६ लाख लागत पुगेको जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताउनुभयो ।