एजेन्सी । अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रूपमा तालिम दिइरहेको रहस्य खुलासा भएको छ । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएसँगै अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिइरहेको खुलासा गरेको हो ।
ताइवानी सैनिकलाई तालिम दिन कम्तीमा दुई दर्जन अमेरिकी अधिकृतहरू संलग्न रहेको रोयटर्स न्युज एजेन्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ ।