काठमाडौँ, ११ वैशाखः प्रतिनिधिसभामा नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।
महर गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बझाङबाट निर्वाचित हुनु भएकोे हो ।