मान्म (कालीकोट), १२ वैशाखः कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरुको स्वास्थ्यमा सुधार आउने जनाइएको छ ।
अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको छ रहेको जनाइएको छ ।
‘धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ,ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा योगदान पु¥याउने नगरपालिकाको विश्वास छ ।
यसअघि नै नगरपालिकाका–१, २, ३, ४, ५, ६, ८, ९, १० र ११ मा सुधारिएको चुलो वितरण गरी सकिएको नगरपालिकाले जनाएको छ ।