धनगढी।
अत्तरिया सिटि क्लवले क्रीकेट नगरी अत्तरिया क्रीकेट मैदानमा आयोजना गरेको अत्तरिया सिटि क्लव र कैलाली जिल्ला क्रीकेट क्लवबीचको तीन एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा कैलाली जिल्ला क्रीकेट क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरमा ८ विकेटको क्षति २७९ रन बनाउन सफल भयो।ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि शेर मल्लले ७७ बलमा सर्वाधिक ६० रन बनाउदै सिरिजमा दोश्रो अर्धशतक प्रहार गर्न सफल हुँदा अर्का खेलाडी आयुव चन्दले पनि ६४ बलमा महत्त्वपूर्ण ५४ रन बनाउदै सिरिजमा पहिलो अर्धशतक प्रहार गर्न सफल भए।त्यस्तै,दिनेश ओड ३१ बलमा २६ रन,दिपक रोकाया ०८ बलमा २३ रन,दिपक टमटा ०९ बलमा १८ रन,विरेन्द्र नाथ १८ बलमा १९ रन,लक्की कडायत ३० बलमा १५ रन तथा कप्तान नरेन साउदले ०४ बलमा १० रन बनाउन सफल भए।बलिङतर्फ अत्तरिया सिटि क्लवका लागि गणेश साउदले ५ ओभरमा ५२ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा मनोज चनाराले ८ ओभरमा ३९ रन खर्चँदा राकेश महराले ८ ओभरमा ५९ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।
२८० रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरिया सिटि क्लवले निर्धारित ४० ओभरको खेलमा १४.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ६३ रन जोड्न सक्दा टोलि २१६ रनको भारी अन्तरले पराजित हुनपुग्यो।ब्याटिङतर्फ अत्तरिया सिटि क्लवका लागि सुशील साउँदले १९ बलमा सर्वाधिक १९ रन अविजित बनाउन सफल हुँदा कप्तान योगेश भाटले ०९ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि जनक पाण्डेले ३.१ ओभरमा २ मेडेनसहित ०७ रन खर्चँदा गोविन्द बिष्टले ३ ओभरमा १ मेडेनसहित ०९ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा नागराज सिंहले ४ ओभरमा १ मेडेनसहित १४ रन खर्चँदा कप्तान नरेन साउँदले ३ ओभरमा १५ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ तेश्रो तथा निर्णायक एकदिवसीय खेल जिताउन सफल भएका छन्।
अत्तरिया सिटि क्लव विरुद्धको तेश्रो तथा निर्णायक एकदिवसीय खेल कैलाली जिल्ला क्रीकेट क्लवले २१६ रनको भारी अन्तरले जित्न सफल हुँदा ३ एकदिवसीय खेलको सिरिज पनि २-१ ले जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच कैलाली जिल्ला क्रीकेट क्लवका शेर मल्ल घोषित हुन सफल भएका छन्।