एजेन्सी । अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । घटनामा एक सय बढी घाइते भएका छन् ।
मस्जिदमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताइएको छ । मारिनेहरू शिया समुदायका व्यक्तिहरू रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।