एजेन्सी । गत जनवरी ६ तारिखमा अमेरिकाको संसद् भवन क्यापिटल बिल्डिङमा ट्रम्पका समर्थकहरूले आक्रमण गरेका थिए । उक्त दिन अमेरिकी संसद्ले राष्ट्रपति निर्वाचनको परिणाम अनुमोदन गर्ने कार्यसूची थियो । राष्ट्रपतिमा बाइडेनको जितलाई रोक्न ट्रम्पले उक्साएपछि उनका समर्थकहरू संसद् भवनमा प्रवेश गरेका थिए ।
सोही घटनामाथि अहिले संसदीय समितिले छानबिन गरिरहेको छ । उक्त समितिले सो दिन राष्ट्रपतिका रूपमा ट्रम्पले गरेका निर्णयहरूसहित ह्वाइट हाउसका सम्पूर्ण कागजात मागिरहेको छ । ट्रम्पले भने आफूले कार्यकारी प्रमुखका रूपमा गरेक निर्णयहरू गोप्य राख्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद् भवनमा भएको आक्रमणबारे जारी छानबिनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् ।
तर बाइडेनले उनको मागमा सहमती नजनाएपछि अब ह्वाइट हाउसले सम्पूर्ण कागजात छानबिन समितिलाई सुम्पने भएको छ । जारी छानबिनमा ट्रम्पका पूर्व कर्मचारीसहित केही विश्वाश पात्रहरूमाथि उजुरी दर्ता गरिसकिएको छ । छानबिनमा असहयोग गर्नेलाई सिधै जेल हालिने संसदीय समितिको धम्की छ ।