असोज २३, २०७८ शनिबार

सरकारले आजदेखि थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री सुरु गरेको छ ।  कम्पनीले यस दशैंमा दुई हजार वटा खसीबोका बेच्ने लक्ष्य लिएको छ । जसमध्ये एक हजारभन्दा बढी खसीबोका काठमाडौं आइपुगेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

यसपटक कम्पनीले प्रतिकिलो ६४० रुपैयाँमा खसीबोका बिक्री गर्दै छ । प्रतिकिलो ६५० रुपैयाँ पर्ने जिउँदो खसीबोकाको मूल्यमा १० रुपैयाँ सहुलियत दिँदै ६४० रुपैयाँमा बेचिएको हो । गत वर्षको दशैंमा कम्पनीले प्रतिकिलो ५५० रुपैयाँमा खसीबोकाको बिक्री वितरण गरेको थियो । जुन, यस वर्षको भन्दा ९० रुपैयाँले सस्तो हो ।