फागुन २५, २०७७ मंगलबार


काठमाडौं । 
काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित हात पारेको हो ।

आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए ।

यस्तै, प्लेयर अफ दि म्याच बनेका पवन सर्राफले अविजित २२ रन बनाए । दिलिप नाथले १५ रन बनाएर आउट भए ।

आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए ।

पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए । जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।