काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपअन्तर्गत भोलि राति पौने १० बजेबाट सुरु हुने नेपाल र भारतबीचको खेलमा भारत बलियो टोली भए पनि आफूहरू गोर्खाली तरिकाले लड्ने बताएका छन् ।
‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौँ,’ उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘हामी लड्नेछौँ, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौँ ।’
नेपाल दुई खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा दुवै खेलमा बराबरी खेलेको भारत तालिकाको चौथो स्थानमा छ ।