असोज २३, २०७८ शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२०३१ जनामा गरिएको नमुना परीक्षणमा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १५३४० रहेको छ ।