असोज २३, २०७८ शनिबार

एजेन्सी - तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा पहिलो वार्ता हुँदै छ । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरू बीच शनिबार र आइतबार वार्ता  हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ ।

वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

दोहामा रहेका तालिबान प्रवक्ता सुहेल शाहीनले शनिबार एसोसिएटेड प्रेसलाई  बताएअनुसार वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्नेछ ।