फागुन २५, २०७७ मंगलबार

एजेन्सी : युईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार ) राति बाट अन्तिम १६ का दोस्रो लेगका खेलहरु सुरु हुदैनन् । जसमा इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब एफसी पोर्टोको सामना गर्नेछ । यी दुई टोली बिचको खेल नेपाली समयअनुसार आज राति १:४५ बजेबाट सुरु हुनेछ । यो खेल युभेन्टसको घरेलु मैदानमा एलिजा टुरिनमा हुनेछ ।

यस अघि पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा युभेन्टस घरेलु टोली सँग २-१ गोलले स्तब्ध भएको थियो । त्यस्तै युभेन्टसलाई अघिल्लो चरण प्रवेशको लागि आजको खेलमा सहज जितको आवस्यकता रहेको छ । 

यो खेलमा विशेषत रोनाल्डो र पेपे बिचको प्रतिस्पर्धालाई हेर्न लाएको हुनेछ । विगतमा रोनाल्डो र पेपे पोर्चुगलको राष्ट्रिय टोली देखि स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडको एउटै जर्सीमा पनि करिब ८ बर्ष बिताएका थिए । जसको कारण उनिहरु बिचको खेल र प्रतिस्पर्धा निकै रोमाञ्च हुने अनुमान गरिन्छ । यस अघि पहिलो लेगमा पेपेको उत्कृष्ट डिफेन्सको कारण युभेन्टसलाई उनी निकै बाधक बनेका थिए ।

त्यस्तै आज हुने अर्को खेलमा स्पेनिस फुटबल क्लब सेभिल्लाले जर्मनी क्लब बोरुसीया डर्टमुण्डको सामना गर्नेछ उक्त खेल पनि राति १:४५ बजे डर्टमुणडको मैदानमा हुनेछ ।

यश अघिको पहिलो लेगमा डर्टमुण्डले सभिल्लालाई उसैको मैदानमा ३-२ गोलले पराजित गरेको थियो ।