काठमाडौं ; ललितपुर महानगरपालीको आर्थिक सहयोगमा पहिलो संस्करणको मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाबीच प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
यस प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । जसमा एक टिम ललितपुर मेयर्स ११ रहने छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी २० को आधारमा हुनेछ । टियु क्रिकेट मैदानमा हुने यस प्रतियोगिता चैतमा हुने बताईएको छ । क्यानले प्रतियोगिता आयोजनाका लागि मंगलबार ललितपुर महानगरसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।