बैशाख ३०, २०८३ बुधबार

काठमाडौँ, ३० वैशाखः मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गरेको छ ।